मधेश प्रदेशमा पत्रकारलाई चरणवद्ध तालिम

मधेश प्रदेशमा पत्रकारलाई चरणवद्ध तालिम

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशले पत्रकारितासम्बन्धी तालिम दिने भएको छ । प्राधिकरणले विभिन्न विधामा पत्रकारिता तालिम सञ्चालन गर्न लागेको हो । 

वार्षिक कार्यक्रममा स्वीकृत भएअनुसार तालिम सञ्चालन गर्न लागिएको प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्रकुमार सिंहले बताए । उनका अनुसार टेलिभिजन पत्रकारितासम्बन्धी पाँच दिने तालिम पर्सामा आयोजना गरिने छ । त्यस्तै, बारामा पाँच दिन आधारभूत पत्रकारिता र धनुषामा श्रव्य–दृश्य छायाङ्कन एवम् सम्पादनसम्बन्धी तालिम दिइनेछ । 

कृषि पत्रकारितासम्बन्धी दुई दिने तालिम सर्लाहीमा हुनेछ । फोटो पत्रकारिताको दुई दिने तालिम महोत्तरीमा गरिने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले तालिममा सहभागी हुन चाहने सञ्चारकर्मीलाई १५ दिनभित्र आवेदन दिन भनेको छ । आवेदनका साथ व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, सञ्चारमाध्यमबाट प्राप्त परिचयपत्रलगायत विवरण पेश गर्नुपर्नेछ ।

टिप्पणीहरू