कीर्ते गरेर नेपाली नागरिकता लिने तिब्बेतियन पक्राउ

कीर्ते गरेर नेपाली नागरिकता लिने तिब्बेतियन पक्राउ

प्रहरीले नेपाली नागरिकतासहित एक तिब्बेतियन शरणार्थीलाई पक्राउ गरेको छ । 

काठमाडौंको बौद्धस्थित तुमाल क्याम्पमा बसोबास गर्दै आएकी २७ वर्षीय निमा ल्हामो गुरुङ्गलाई कीर्ते गरी नेपाली नागरिकता लिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले सरकारी कार्यालयको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत कीर्ते गरी झुठ्ठा लिखित तथा नक्कली सिफारिस तयार पारेर नागरिकता लिएको खुलेको छ । उनलाई नागरिकता दिलाउनमा क्याम्पमा बसोबास गर्ने अर्का व्यक्तिको पनि संलग्नता रहेको अनुसन्धानबाट पट्ट लागेको प्रहरीले बताएको छ । 

पाँच लाख रुपैयाँ लिएर कृष्णबहादुर खत्रीले निमा ल्हामो गुरुङ्ग नाम गरेको नागरिकता बनाइदिएको प्रहरीले जनाएको छ । नागरिकता ऐन तथा लिखितसम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

टिप्पणीहरू