चीनमा धमाधम खुल्दै स्मार्ट व्यापारिक केन्द्रहरु

चीनको हपेई प्रान्ता ‘सिओङआन व्यापार सेवा केन्द्र परियोजना’ को निर्माण सकिएको छ । उत्तरी चीनको उक्त प्रान्तमा बनाइएको सो भवन अन्तर्राष्ट्रियस्तरको अग्रणी स्मार्ट पर्यावरण प्रदर्शन पार्क पनि रहेको बताइन्छ । 

परिसरमा व्यापारिक केन्द्रका साथै प्रदर्शन आयोजना गर्न मिल्ने आधुनिक हलहरुको व्यवस्थापनसमेत गरिएको छ । होटल, कार्यालय, व्यवसाय सञ्चालन गर्न उक्त भवन सबैभन्दा उत्तम रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

भवन व्यवस्थापन हेर्न बनाइएको ‘कमाण्ड हल’ ले झण्डै नौ सय वर्ग मीटर क्षेत्रफल जमिन ओगटेको छ । हलमा सूचना आदानप्रदान नेटवर्क कोठाका साथै अन्य थुप्रै कोठा छन् । 

भवनमा केही आपतकालीन कोठाले तुरुन्तै जनाउ दिने व्यवस्था छ । व्यवस्थापन प्लेटफर्मले परियोजनाको सम्पूर्ण विवरणहरु त्यहाँ राख्ने परियोजना निर्देशक सन पेङहुईले बताए । ६ वर्षअघि टाढा टाढासम्म खेत र खुल्ला देखिने उक्त क्षेत्रमा चीनले आधुनिक भवन ठड्याएको हो । विश्वका लागि उक्त भवन उदाहरणीय बन्न सक्ने अपेक्षा चीनको छ ।   

नवप्रवर्तन र उच्च गुणस्तरीय विकासको राष्ट्रिय मोडल प्रदान गर्दै सन् २०१७ मा चीनले सियोङ्आन निर्माणको घोषणा गरेको थियो ।

टिप्पणीहरू