नक्कली भुटानी शरणार्थीको लफडावीच तिब्बतीको ब्यथा बल्झियो

नक्कली भुटानी शरणार्थीको लफडावीच तिब्बतीको ब्यथा बल्झियो

राजधानीमा तिब्बती शरणार्थीहरुको कार्ड नवीकरण शुरु भएको छ । स्वयम्भू बारुदखाना नजिकै ग्यालस्याम्बो गुम्बामा उक्त कार्य थालिएको छ । 

नेपाल प्रहरी र गृह मन्त्रालयको संयोजनमा शरणार्थी नवीकरण कार्यक्रम बिहान ८ बजेबाट शुरु भएको उपत्यका प्रहरीले बतायो  । कार्ड नवीकरणका लागि पुरानो कार्डसहित अनिवार्य उपस्थित हुन भनिएको छ ।

स्वयम्भू क्षेत्रमा रहेका तिब्बती शरणार्थीहरुले टोलीसमक्ष उपस्थित भएर दुई सय रुपैयाँ बुझाउँदै कार्ड एक वर्षको निम्ति नवीकरण गराउन थालेका छन् । यसअघि बौध्द, ललितपुरको एकान्तकुना, स्वयम्भूलगायत स्थानमा शरणार्थी कार्ड नवीकरण गर्ने क्रममा नेपालमा नभएका शरणार्थीहरुको समेत मोटो रकम लिएर कार्ड बनाइएको गुनासो शरणार्थीहरुबाटै आएपछि अहिले व्यक्ति उपस्थित हुनैपर्ने नियम बनाइएको सरकारी अधिकारीहरुको दाबी छ ।

पछिल्लो समय नेपालमा जन्मे,हुर्केका दोस्रो पुस्ताका शरणार्थीको कार्ड नबनेकाले दैनिक जीवन यापनमा समस्या आएको भन्दै शरणार्थीहरुले विभिन्न कार्यक्रममा आवाज उठाएका थिए । सोही कारण उनीहरु अमेरिका, युरोप पलायन हुन गाह्रो परेको थियो । आर्थिक चलखेल गरेर मोटो रकम तिर्दै शरणार्थी कार्ड बनाउने गिरोह नै सक्रिय रहेको अर्काथरीको आशंका छ ।

यसैबीच ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजिएको नयाँ रहस्य बाहिरिएको छ । उक्त खेलमा भूतपूर्व गृहमन्त्री रामबहादुर थापा,उनका छोरा प्रतिक र सल्लाहकार इन्द्रजित राई,उर्जामन्त्री टोपबहादुर रायमाझीका बाउ छोरा,सरकारी अधिकारी तथा बिचौलिया संलग्न भएको पुष्टि भइसकेको छ । गिरोहले करोडौं रुपैयाँ बुझेको चेकसमेत फेला परेको छ ।
 

टिप्पणीहरू