पाकिस्तानी नयाँ राजदूत भोलि काठमाडौं आइपुग्ने

पाकिस्तानी नयाँ राजदूत भोलि काठमाडौं आइपुग्ने

नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत कार्यभार सम्हाल्न भोलि काठमाडौं आउँदै हुनुहुन्छ । राजदूत अब्रार एच हास्मी भोलि नेपाल आउने तालिका रहेको बताइएको छ ।

अब्रारलाई पाकिस्तान सरकारले गत कात्तिकमा राजदूत नियुक्त गरेको थियो । नेपालमा राजदूत नियुक्त हुनुअघि उहाँ अमेरिकाको टेक्सासको ह्युस्टनमा पाकिस्तानी महावाणिज्य दूत हुनुहुन्थ्यो ।

त्यसअघि उहाँ इस्लामाबादस्थित विदेश मन्त्रालय र अन्य धेरै वटा पाकिस्तानी कूटनीतिक नियोगमा काम गरिसक्नुभएको बताइएको छ ।

टिप्पणीहरू