उपप्रधानमन्त्री र चिनियाँ राजदूत पृथ्वीराजमार्ग निरीक्षणमा

उपप्रधानमन्त्री र चिनियाँ राजदूत पृथ्वीराजमार्ग निरीक्षणमा

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चीनका राजदूत पृथ्वीराजमार्गको विस्तार तथा स्तरोन्नति निरीक्षणमा जानुभएको छ ।

सडक विस्तार तथा स्तरोन्नतिको काम सुस्त भएको जनगुनासो बढेपछि उहाँहरु निरीक्षणमा जानुभएको बताइएको छ । उहाँहरुले आज पोखराबाट पृथ्वी राजमार्ग अवलोकन गर्दै तनहुँतर्फ आउनुभएको हो ।

टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, राजदूत छन सोङ्ग, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायत रहेको बताइएको छ ।

पोखरादेखि जामुनेसम्मको सडक चिनियाँ कम्पनी आनहुई काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लिएको हो । परियोजना साढे तीन वर्षमा पूरा गर्ने भनिएको छ । तोकिएको अवधि अब मुश्किलले डेढ वर्ष बाँकी छ ।
 

टिप्पणीहरू