साँखुको बज्रयोगिनी मूल जात्रा सम्पन्न

साँखुको बज्रयोगिनी मूल जात्रा सम्पन्न

साँखुको निकै लोकप्रिय बज्रयोगिनीको मूल जात्रा आज सम्पन्न भएको छ । साँखुको उत्तरतर्फ रहेको बज्रयोगिनी मन्दिरमा राख्ने गरिएको मूर्तिलाई गत बिहीबारदेखि नगर प्रवेश गराएपछि जात्रा शुरु भएको थियो ।

गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँ हातमा कमलको फूल, हिरामोती जडिएको मुकुट पहिरिएकी त्रिनेत्र बज्रयोगिनीलाई नगर घुमाइएको हो । 

आज स्थानीय बासिन्दाले आफन्तलाई भोजको निम्ति घरमा आमन्त्रण गर्छन् ।

टिप्पणीहरू