मीटरब्याज पीडितहरु १० बजे सिंहदरबार जाँदै

मीटरब्याज पीडितहरु १० बजे सिंहदरबार जाँदै

मुलुकका विभिन्न जिल्लाबाट राजधानी आएका मिटरब्याज पीडितहरु र सरकारबीच आज पनि वार्ता हुने भएको छ । हिजोको वार्तामा कुनै सहमति नभएपछि आज बिहान १० बजे दुबै पक्ष वार्ताको टेबुलमा बस्न लागेका हुन् ।

हिजो किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहको नेतृत्वको टोली र गृह मन्त्रालयका सह–सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी टोलीबीच वार्ता भएको हो । पीडितहरु पाँच दिनदेखि रत्नपार्कस्थित शान्तिबाटिकामा ६ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् ।

पीडितहरुले मिटरब्याजसँग सम्बन्धित सबै नक्कली कागजातलाई सरकारले अवैध घोषणा गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, झुठा मुद्दा लगाइएका सबै अदालती प्रक्रिया स्थगित गर्नुपर्ने माग राखेका छन् ।
 

टिप्पणीहरू