प्रधानमन्त्रीद्वारा बायाँतर्फका बैंकरहरुलाई आश्वासन : ‘ब्याजदर घटाइन्छ’

प्रधानमन्त्रीद्वारा बायाँतर्फका बैंकरहरुलाई आश्वासन : ‘ब्याजदर घटाइन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाइने आश्वासन दिनुभएको छ । यसको निम्ति सरकारले विभिन्न उपाय अवलम्बन खोजिरहेको उल्लेख गर्नुभएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो, ‘बैंकको ब्याजदर घटाउने उपाय खोजिरहेका छौं । छिट्टै निश्कर्षमा पुग्नछौं ।’ आफ्नो नेतृत्वमा सरकार गठनपछि मुलुकको विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको प्रधानमन्त्रीको दाबी छ ।

उहाँले घरजग्गा कारोबारमा सहजीकरण तुल्याएर तरलताको समस्या सम्बोधन गर्ने संकेत दिनुभएको छ । बैंकको ऋण लिएकाले तिर्न पर्दैन भन्ने अफवाह फैलाउनेप्रति सरकार कठोर बन्ने प्रधानमन्त्रीको भनाइ छ ।

छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायत सहभागी थिए । त्यसैगरी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु पनि ठूलै संख्यामा छलफलमा पुगेको बतान्इछ ।
 

टिप्पणीहरू