कोशीमा भोट हाल्ने एमाले सांसदको काठमाडौँस्थित घरमा कालोझण्डा

कोशीमा भोट हाल्ने एमाले सांसदको काठमाडौँस्थित घरमा कालोझण्डा

पहिचानका आधारमा प्रदेशको नामांकरण हुनुपर्ने मागसहित आन्दोलन चर्काइरहेका पहिचानवादीहरुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारीको घरमा कालोझण्डा राखेका छन् । 

प्रदेशसभामा प्रदेशको नामाकरणको प्रस्ताव आउँदा कोशीको पक्षमा मतदान गरेका राजभण्डारीको काठमाडौँको पेप्सीकोलास्थित निवासमा आज आल्दोलनकारीहरुको एक समूहले कालोझण्डा गाडेको हो । त्यसक्रममा पहिचानवादीहरुले राजभण्डारीविरुद्ध चर्को नारावाजी गरेका थिए । राजभण्डारी एमालेका तर्फबाट सोलुखुम्बु प्रदेशसभा १ का निर्वाचित सांसद हुन् । 

पहिचान पक्षधर विभिन्न जातीय संघ संगठनहरु कोशी नाम सच्याउन माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले कोशी नामको पक्षमा भोट हालेका सांसदको घरमा कालो झण्डा गाड्ने, उनीहरुलाई आफ्नो निर्वाचन क्षेत्र प्रवेशमा रोक लगाउनेदेखि सार्वजनिक बहिष्कार गर्नेजस्ता आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।

कोशी नाम खारेज गरि पहिचान झल्किने नाम राखिनुपर्ने उनीहरुको माग छ ।

टिप्पणीहरू