सामान्य प्रशासन मन्त्रालयको दैलोमा कर्मचारीको नारावाजी

सामान्य प्रशासन मन्त्रालयको दैलोमा कर्मचारीको नारावाजी

सरकारले ल्याउन लागेको निजामति ऐनको विरोधमा निजामति कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालय अगाडि नाराबाजी गरेका छन् । 

ऐनका कतिपय प्रावधान विभेदकारी रहेको भन्दै स्वतन्त्र निजामति कर्मचारी अभियानको अगुवाइमा कर्मचारीहरुले तालुकदार मन्त्रालयको दैलोमै पुगेर नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा ऐनको मस्यौदामा बढुवा स्तरवृद्धि र सरुवा सम्बन्धमा राखिएको प्रावधानप्रति उनीहरुले असहमति जनाएका छन् । 

त्यस्तै, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई समान रुपमा हेरिनुपर्ने, ऐनमा राजनीतिक दलका भातृ संगठनको ठाउँमा स्वतन्त्र कर्मचारी संगठनको व्यवस्था गरिनुपर्ने जस्ता माग उनीहरुले अघि सारेका छन् । 

स्वतन्त्र निजामति कर्मचारी अभियानका अध्यक्ष पशुपति पोखरेलको नेतृत्वमा करिब १५ जना कर्मचारी प्रदर्शनमा सहभागी थिए ।

टिप्पणीहरू