कर्मचारीमा अब १५औं तह

कर्मचारीमा अब १५औं तह

निजामती सेवा नियमावलीमा कर्मचारीको पदीय व्यवस्था हेरफेर गर्ने तयारी सामान्य प्रशासन मन्त्रालयको छ । शाखा अधिकृतमा प्रवेश गरेको कर्मचारीले सचिव भई जागिरबाट निवृत्त हुने ठूलो सपना साँचेका हुन्छन् । तर यसको चार्म नै फरक पार्न अंक संकेत गर्दै तह छुट्याउने प्रचलनलाई अघि बढाइएको छ । अहिले शाखा अधिकृतहरूले छैठौं र सातौं तह लेख्ने चलन छ । यसैलाई निरन्तरता दिदैं १५ औं तहसम्म पुर्‍याउने प्रस्ताव सामान्य प्रशासन मन्त्रालयले गरेको छ । यो नियमावली पारित गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ र कानुन मन्त्रालयसँग सहमतिको लागि फाइल अघि बढाएको छ ।

मौजुदा व्यवस्थाअनुसार सचिव तेह्रौं तहका कर्मचारी हुन् भने संशोधन प्रस्तावमा मुख्य सचिवलाई १५औं, सचिव १४औं र जुनियर सचिव १३औं तहका हुने भनिएको छ । सहसचिवलाई पनि जुनियर र सिनियर दुई तहमा विभाजन गरी ११ र १२औं बनाउने प्रस्ताव छ । उपसचिवलाई ९ र १० औं तहमा विभाजन गरिएको छ भने शाखा अधिकृतहरूलाई छैंठौदेखि आठौं तहसम्म प्रस्ताव गरिएको स्रोतले जानकारी दिएको छ ।

छलाङ मार्दा तल्लो कान्लामा पुगेर आफ्नै ढाड सड्काउने खतरा प्रशासन विज्ञहरूले औंल्याएका छन् । यसअघि सरकारले ब्रिटिश मोडेल लागू गर्दै आएको थियो भने यो नयाँ अभ्यास केही दशकदेखि शुरु भएको हो ।

टिप्पणीहरू