मौसम खराब भन्दै धमाधम उडान रद्द, पूर्वसभामुख हेलिकोप्टरमा सिन्धुपाल्चोक

मौसम खराब भन्दै धमाधम उडान रद्द, पूर्वसभामुख हेलिकोप्टरमा सिन्धुपाल्चोक

आज पनि खराब मौसमको कारण आन्तरिक उडान अवरुद्ध भएको छ । मुलकका विभिन्न भागमा लागेको बाक्लो तुवाँलो र हावाहुरीका कारण विभिन्न उडान रद्द भएको बताइएको छ । 

श्री एअरलाइन्सको काठमाडौंबाट पोखरा उड्नुपर्ने एसएचए ६५९ नम्बरको उडान रद्द भएको छ । दिउँसो साढे २ बजे जानुपर्ने विमान एक घण्टा पर्खेपछि रद्द गरिएको हो । त्यसअघि बिहान सवा ११ बजे उड्नुपर्ने उडान नम्बर ६५७ पनि साढे २ बजे रद्द गरिएको थियो । 

यति एअरलाइन्सको एनवाईटी ६७९ नम्बरको काठमाडौं–पोखरा उडान ३ बजे रद्द भएको छ । सवा १२ बजे उड्नुपर्ने विमान साढे २ घण्टापछि रद्द गरिएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।बुद्ध एअरको बिहान ८ बजे काठमाडौंबाट उड्नुपर्ने बिएचए २८१ को उडान दिउँसो २ बजे खराब मौसमका कारण रद्द भएको हो । 

अरु उडान रद्द भइरहेको समयमा पूर्व सभामुख अग्निप्रसाद सापकोटा भने अल्टिच्युड हेलिकोप्टरमा गृहजिल्ला सिन्धुपाल्चोक जानुभएको छ । उहाँ ९एन एएमएक्समा दिउँसो साँढे २ बजे पाँच सदस्यीय टोलीका साथ काठमाडौंबाट त्यसतर्फ जानुभएको बताइएको छ ।
 

टिप्पणीहरू