सरकार,मेरो श्रीमान् खोई ?’

सरकार,मेरो श्रीमान् खोई ?’

राजधानीको नयाँ बानेश्वर चोक नजिकै नाराबाजी भएको छ । हिजो नयाँ वर्ष र आज शनिवारको सार्वजनिक बिदाका कारण शहरमा सवारी साधन र सर्वधारणको आवागमन निकै कम छ । तर, एभरेष्ट होटल अगाडिको सडकमा आज बिहानैदेखि प्रदर्शन गर्दै महिला आन्दोलनकारीहरुले सरकारलाई सोधेका छन्, ‘मेरो श्रीमान् खोई ?’

सरकारले पारित गर्न खोजेको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथि असहमति जनाउँदै उनीहरुले यसरी नारा उरालेका हुन् । द्वन्दपीडित संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा पीडकलाई उन्मुक्ति दिएर विधेयक ल्याउन खोजिएको आरोप छ । 

विधेयक खारेजका लागि संयोजक रिता कार्की, सहसंयोजक भोजराज तिमिल्सिनालगायत डेढ दर्जनले शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको र सरकार,मेरो पति खोई ?, लुटिएको सम्पत्ति फिर्ता गर,शहीदको उच्च सम्मान गर, सत्यनिरूपण तथा मेलमिलाप आयोगले सत्य काम गर, द्वन्द्वपीडितलाई कतिन्जेल ढाँट्छौ, टिआरसीलाई राजनीतिक प्रभावबाट मुक्त गरलगायत नारा लेखिएको प्लेकार्ड बोकेको बुझिएको छ ।
 

टिप्पणीहरू