विश्वविद्यालयको उपकुलपति बन्न चाहनेले फाराम भर्नुपर्ने
राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि दरखास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपति हुन योग्य व्यक्तिबाट आवेदन माग गरेको छ । मन्त्रालयले बैशाख ९ गतेभित्र दरखास्त पेश गर्न आग्रह गर्दै त्यस्तो आवेदन फाराम मन्त्रालयको कोठा नम्बर ४०७ वा मन्त्रालयको इमेल ठेगानामा पठाउन सकिने बताएको छ ।
उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको, उच्च शिक्षाको क्षेत्रमा प्राध्यापक पदमा रही काम गरेको, संस्थागत स्वार्थ नबाझिएको र नेपाली नागरिक भएको हुनुपर्ने अनिवार्य योग्यता तोकिएको छ ।
यसैगरी, उम्मेदवारले बढीमा तीन हजार शब्दमा विश्वविद्यालयसम्बन्धी सोचपत्र र चार वर्षे व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू