सबै श्रेणीहरू

भत्काउने पालो ललितपुरको, बालेनको कमजोरीलाई पाटनमा नदोहोर्याइने

भत्काउने पालो ललितपुरको, बालेनको कमजोरीलाई पाटनमा नदोहोर्याइने

काडमाडौं महानगरपालिकाले पछिल्लो समय मापदण्ड विपरितका संरचना भत्काउने नाममा व्यहोर्नुपरेको आलोचनालाई ललितपुर महानगरपालिकाले शिक्षाको रुपमा लिएको छ । आफ्नो क्षेत्रमा निर्मित अवैध संरचना भत्काउन ललितपुर महानगरपालिकाले सरोकारवाला र विज्ञहरुसँग आवश्यक छलफल गरेपछि कार्यविधिलाई अन्तिम रुप दिएको बताइएको छ ।

‘महानगर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउने वा नियमित गर्नेबारे कार्यविधि बनाइएको छ,’ चैत २७ गते बोलाइएको छलफलमा सहभागी एक जना सदस्यले भने । उनका अनुसार अब मापदण्ड विपरित बनाइएको तर सामान्य अवस्थाकालाई यथोचित राजस्व लिएर नियमित गर्ने सहमति भएको छ ।

तर, नियमित गर्न नसकिने अवस्थाकालार्ई भत्काउन सूचित गराइनेछ । सम्बन्धित घरधनीले भत्काए नगरपालिकाले खासै चासो नराख्ने बताइन्छ । नभत्काए महानगर आफैँले भत्काउने र त्यसमा लागेको खर्च सम्बन्धित घरधनीबाट असुल्ने निर्णय भएको छ । 

चैत २७ गते बसेर सरोकारसँग छलफल गरिएको मापदण्डलाई थप परिमार्जन गरेर अन्तिम रुप दिन लागिएको हो । कार्यविधिमा थप होमवर्क गर्नुपर्नेमा सबै सहमत भएको बताइन्छ । उनै सदस्यले भने, ‘काठमाडौंको हालत देखेर हामी सजग भएका छौं । अवैध संरचना भत्काउने र नियमित गर्ने सम्बन्धमा सर्प मर्ने, लठ्ठी पनि नभाँचिने उपायमा लागेका छौं ।’