विद्युतीय शवदाह मेसिन तत्काल बनाउन युवा संघको माग

विद्युतीय शवदाह मेसिन तत्काल बनाउन युवा संघको माग

युवा संघ, नेपालले पशुपतिनाथ हातामा रहेको विद्युतीय शवदाह मेसिन तत्काल मर्मत गर्न माग गरेको छ । बिग्रिएको ३१ महिना बितिसकेको उल्लेख गर्दै संघले तत्काल मर्मत गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको छ । 

संघका अध्यक्ष फुर्वा लामा र इञ्चार्ज रोशन थापाले पशुपति क्षेत्र विकास कोषका सचिवलाई ज्ञापनपत्र बुझाउँदै विद्युतीय शवदाह मेसिन नहुँदा मृतकका आफन्तलाई मृत्यु संस्कार गर्न परेको समस्याबारे संवेदनशील हुन उनीहरुले आग्रह गरेको बताइएको छ । 

त्यस्तै, पशुपतिनाथ मन्दिर हाताको सुरक्षा, विकास तथा मर्मतसम्भारका लागि स्थापना गरिएको कोषले उद्देश्यअनुरुप काम गर्न नसकेको उनीहरुको आरोप छ । ‘विद्युतीय शवदाह गृहमा रहेका मेसिनहरु करिब ३१ महिनाभन्दा लामो समयदेखि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन् । विद्युतीय मेसिनबाट अन्तिम संस्कार गर्न चाहने मृतकका परिवारहरुलाई विद्युतीय शवदाह मेशिनबाट मृत्यु संस्कार गर्न समस्या परिरहेको छ’, पत्रमा उल्लेख छ ।
 

टिप्पणीहरू