भाजपा विदेश विभाग प्रमुख चौथाइवाले रात परेपछि बालकोटमा, बिहान सिंहदरबारमा
भारतीय जनता पार्टीका नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीसँग चौथाइवालेले उहाँको निवास बालकोटमा साँझ साढे ७ बजेदेखि सवा ९ बजेसम्म भेटघाट गरेको बताइएको छ ।
सो अवसरमा चौथाइवालेसँग लैनचौरस्थित भारतीय दूतावासका राजनीतिक विभाग प्रमुख नवीनकुमार पनि थिए । साँझ सवा ७ बजेको हाराहारीमा बालकोट पुगेका चौथाइवाले झण्डै साढे ९ बजेको समयमा त्यहाँबाट बाहिरिएका हुन् ।
त्यसअघि उनले बिहान गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठ र चौथाइवालेबीच बिहान साढे ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म भेटवार्ता भएको बताइन्छ ।
टिप्पणीहरू