भारत लैजानुअघि बिरामी राष्ट्रपति भेट्न शिक्षण अस्पताल पुगेका ‘भीआईपी’ हरु
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारको निम्ति भारतको राजधानी नयाँ दिल्ली लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ । उहाँलाई श्री एअरलाइन्सको चार्टर उडानमा त्यसतर्फ लैजाने व्यवस्था मिलाइएको बताइएको छ ।
स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँ हिजो अपरान्ह त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो । फोक्सामा पानी जमेसँगै पिसाब पोलेपछि उहाँलाई थप उपचारको निम्ति अहिले नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल साइन्सेन्स (एम्स) अस्पतालमा लैजान विमानस्थल पुर्याइएको हो ।
त्यसअघि उहाँलाई भेट्न आज बिहान अस्पतालमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, उहाँभन्दा पहिले सभामुख देवराज घिमिरे र बिहान ८ बजेको समयमा प्रधानसेनापति प्रभुराम शर्मा पुग्नुभएको बताइन्छ । हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षासहित कानुनमन्त्री शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको थियो ।
टिप्पणीहरू