उच्च अदालतको आदेशपछि पाल्पा दरबार भत्काउन रोकियो

उच्च अदालतको आदेशपछि पाल्पा दरबार भत्काउन रोकियो

तानसेनमा रहेको पाल्पा दरबार क्षेत्रका संरचना नभत्काउन उच्च अदालतले आदेश दिएको छ । नगरपालिकाले हिजोदेखि सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर, बुटवलले आदेश दिएपछि उक्त कार्य रोकिएको छ ।

अदालतको आदेशमा दरबार क्षेत्र भत्काउने कार्य हाललाई रोकेर नगरपालिकालाई छलफलमा झिकाउने भनिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढेको अवस्थामा तानसेन नगरपालिकाले भत्काउन थालेको थियो ।

टिप्पणीहरू