नेपाली सेनामा ४५ सय नयाँ भर्ना खुल्यो
नेपाली सेनाले चार हजार पाँच सय जनाको निम्ति नयाँ भर्नाको निम्ति विज्ञापन गरेको छ । सेनाले मुलुकभरका २८ वटा भर्ना केन्द्रमा सैन्य पदको निम्ति भर्ना आवेदन माग गरेको जनाएको छ ।
सेनाले सैन्य परिवारको निम्ति २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना माग गरिएको छ । यीमध्ये सबैभन्दा धेरै सुर्खेत र कास्कीमा ३५० जनाको दरले र उदयपुरमा ३०० जना भर्ना गरिने बताइएको छ ।
१८ वर्ष पूरा भएको तर २२ वर्ष ननाघेकाले मात्र आवेदन गर्न पाउने छन् । आवेदन फारम अनलाइनबाट भर्न सकिनेस सेनाको छनौट निर्देशनालय, कार्य रथी विभागले जनाएको छ । फारम भर्ने अन्तिम म्याद जेठ १४ गते तोकिएको छ ।
टिप्पणीहरू