प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष पार्टी संसदीय कार्यालमा

प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष पार्टी संसदीय कार्यालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको बताइएको छ । 

प्रधानमन्त्रीसँगको भेटमा दुई नेताबीच संसदीय समितिहरु गठन सम्बन्धमा छलफल भएको बताइएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा पुगेर उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतलाई जानकारी गराउनुभएको थियो ।

आजको भेटमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच कुनै सहमति नभएको जानकारी दिइएको  छ । उहाँहरुबीच बिहान सवा ९ बजेदेखि झण्डै ११ बजेसम्म छलफल भएको हो ।

टिप्पणीहरू