रवि लामिछानेले माफी मागेपछि माहौल मत्थर

रवि लामिछानेले माफी मागेपछि माहौल मत्थर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेपछि चितवनको नयाँ किरण मावि मतदान केन्द्रमा रोकिएको मतदान पुनः शुरु भएको छ । 

भर्खरै सम्पन्न सर्वदलीय बैठकमा रास्वपाका प्रतिनिधिले गल्ति स्वीकार्दै अबदेखि आचारसंहिता मिच्ने काम नहुने प्रतिबद्धता जनाएपछि अन्य दल मतदान सुचारु गर्न सहमत भएका हुन् । रास्वपाका तर्फबाट क्षमायाचना गर्ने, आचारसंहिता उल्लंघन गरेको जानकारी मुख्य निर्वाचन कार्यालयलाई लेखेर पठाउने र मतदान सुचारु गर्ने बैठकको निर्णयमा लेखिएको छ । 

भरतपुर महानगरपालिका–११ स्थित नयाँ किरण माविमा बिहान सवा ११ बजेदेखि मतदान रोकिएको थियो । रास्वपाका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदातालाई प्रभावमा पार्न नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएपछि उत्पन्न विवादले मध्याह्न रोकिएको मतदान सर्वदलीय सहमतिपछि भर्खरै सुचारु भएको हो ।

 

टिप्पणीहरू