माधवको कार्यक्रममा प्रचण्डको रोडम्याप : समाजवादी मोर्चा बनाएर नेकपामा फर्किने

माधवको कार्यक्रममा प्रचण्डको रोडम्याप : समाजवादी मोर्चा बनाएर नेकपामा फर्किने

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । प्रचण्डले समाजवादी मोर्चा बनाउँदै तत्कालीन नेकपा ब्युँताउने तयारी रहेको पनि खुलासा गर्नुभएको छ । 

त्यसक्रममा उहाँले गणतन्त्रलाई मजबुत बनाउन कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको उल्लेख गर्दै यसअघि तत्कालीन नेकपा गठन हुँदा जनताले अनुमोदन गरेको स्मरण गर्नुभयो । उहाँले सामूहिक नेतृत्व र जनवादी केन्द्रीयतामा विश्वास गर्ने पार्टीहरु तत्काल एकताको प्रक्रियामा जान लागेको उहाँको भनाइ छ ।

‘कम्युनिष्ट पार्टी एकता र संघर्ष र रूपान्तरण गर्नुपर्छ, कम्युनिस्ट पार्टी अलग भएर राज्यलाई घाटा लागेको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘एकता गरेर जनताको माग पूरा गर्नुपर्छ । कम्युनिष्ट पार्टीले लिने सिद्धान्त दलाल पुजीलाई परास्त गर्ने । सामूहिक नेतृत्वको रुपमा हिँड्ने । सामूहिक नेतृत्वको पक्षमा रहेका कम्युनिष्टहरु नेकपातिर फर्कनुपर्छ । एकताको नयाँ पहल सुरु गरौँ । त्यहाँबाट एउटा कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ । अब नेकपा पुनर्जीवित गरौँ । यसले एमालेमा पनि ठूलो डिबेट तयार गर्नेछ ।’

नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै उहाँले अहिले पनि कम्युनिष्टहरु एक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । ‘केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किन अपिल गर्छौ’, प्रचण्डको भनाइ छ ।

टिप्पणीहरू