चितवनमा सहमति जुट्यो, १ बजेदेखि भोट गणना

चितवनमा सहमति जुट्यो, १ बजेदेखि भोट गणना

चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज दिँउसो १ बजेदेखि शुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिँउसो १ बजेदेखि मतगणना शुरु गर्ने सहमति गरेको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको र जिल्ला प्रशासन कार्यालयले एकपक्षीय ढंगबाट लाठीचार्ज गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएको थियो । हिजो बेलुका मतपेटिका मतगणनास्थल ल्याइएपनि कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएको थियो । 

तर, भखरै सम्पन्न बैठकले कांग्रेसको उजुरी केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरी परिचालन गर्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारेमा निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति भएको निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए । 

‘सामान्य विषय थियो । आज बसेको सर्वदलीय बैठकले सहमति जुटाएर मतगणना अघि बढाउने निर्णय गरेको छ । १ बजेदेखि मतगणना शुरु हुन्छ’, उनले भने । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाबाट रवि लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र नेकपा एमोलबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

टिप्पणीहरू