राप्रपा नेताहरुले सुदूर पश्चिममा संगठन विस्तार गर्ने
राप्रपाका केन्द्रीय नेताहरु धनगढी पुगेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल समशेर जवरा सुदूर पश्चिम प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी गएको बताइएको छ ।
नेताहरु बिहान पौने १२ बजे काठमाडौंबाट बुद्ध एअरको नियमित उडानमा त्यता गएका हुन् । धनगढीको चटकपुरस्थित सौराइ पार्टी प्यालेसमा आज र भोलि प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला राखिएको छ ।
टिप्पणीहरू