बारामा उपेन्द्रलाई प्रारम्भिक अग्रता
बारा-२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सुरुआती अग्रता लिएका छन् । मतगणनाको शुरुमै यादवले अग्रता बनाएका हुन् ।
भर्खरै प्राप्त विवरणअनुसार यादवले ५१३ मत पाउँदा जनमतका शिवचन्द्र कुसवाहले ४५८ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका पुरूषोतम पौडेलले ४२० र रास्वपाका रमेश खरेलले २०६ मत पाएका छन् ।
टिप्पणीहरू