बारामा उपेन्द्रलाई पछि पार्दै शिवचन्द्रको अग्रता, चितवनमा रामलाई रविले उछिने

बारामा उपेन्द्रलाई पछि पार्दै शिवचन्द्रको अग्रता, चितवनमा रामलाई रविले उछिने

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता बनाएका छन् । 

मतगणनाको प्रारम्भमा बनाएको यादवको अग्रता तोड्दै अहिले कुशवाह अघि बढेका हुन् । भर्खरै प्राप्त विवरणअनुसार जनमतका कुशवाहले ६२८ मत पाउँदा जसपाका यादवले ५७१ मत पाएका छन् । 

तेस्रो स्थानमा रहेको एमालेका पुरूषोतम पौडेलले ५१० र रास्वपाका रमेश खरेलले २३६ मत पाएका छन् ।

यता, चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता बनाएका छन् । सुरुवाती अग्रता बनाएका एमालेका रामप्रसाद न्यौपानेलाई उछिन्दै लामिछानेले अग्रता लिएका हुन् ।  

मतगणनाको पछिल्लो परिणामअनुसार लामिछानेले १ हजार १५५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका न्यौपानेले ६६५ र कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ भोट ल्याएका छन् ।

टिप्पणीहरू