रवि लामिछानेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

रवि लामिछानेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।

हालैको उपनिर्वाचनमा चितवन–२ बाट उठेका लामिछानेले विजय सुनिश्चित भएपछि विश्वासको मत फिर्ता लिने जानकारी दिएका हुन् । प्रचण्ड नेतृत्वको सरकारले विगतका कैयौं भ्रष्टाचारमा छानबिन गर्न चासो नदेखाएकाले आफूहरुले सरकारलाई समर्थन नगर्ने उनले बताए ।

मतपरिणामको पछिल्लो विवरणअनुसार उनी काँग्रेसका उम्मेदवारभन्दा झण्डै ३७ हजार बढी मतले अगाडि छन् । अब गन्न बाँकी मत १५ हजार मात्रै भएको बताइन्छ । 

पत्रकारहरुसँग बोल्दै उनले भने, ‘भ्रष्टाचारविरुध्दको अभियानमा अडिग हुने सरकारमा मात्रै हाम्रो पार्टी सहभागी हुन्छ ।’ दोहोरो नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन भएको हो । 

यसबीच उनको पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ दुई करोड घुस काण्डमा मुछिएका छन् । ढाकाले घुस मागेको अडियो सार्वजनिकसँगै रास्वपा नेताहरुको ‘कोर टिम’ समेत काण्डमा मुछिएको छ ।
 

टिप्पणीहरू