क्याम्पस प्रमुख पोखरेलको निधन

क्याम्पस प्रमुख पोखरेलको निधन

सिरहाको लहानस्थित जे. एस. मुरारका बहुमुखी क्याम्पसका प्रमुख तुलसीराम पोखरेलको निधन भएको छ । पोखरेलको ललितपुरको हरसिद्दिस्थित नेपाल क्यान्सर अस्पतालमा आज निधन भएको बताइएको छ ।

लहानका पत्रकार सञ्जय विश्वकर्माका अनुसार पछिल्लो १० महिनादेखि क्यान्सर रोगको उपचारमा थिए । आज उपचारको क्रममा अस्पतालमा निधन भएको हो । 

पोखरेलले जे. एस. मुरारका बहुमुखी क्याम्पसलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो योगदान पुर्याएको बताइन्छ । लहानको शिक्षा क्षेत्रको विकासमा उनको योगदान अतुलनीय रहेको पत्रकार विश्वकर्माको भनाइ छ ।

टिप्पणीहरू