दुई दर्जन विद्यार्थी फ्रान्स प्रस्थान, उताका छ जना भोलि आउने

दुई दर्जन विद्यार्थी फ्रान्स प्रस्थान, उताका छ जना भोलि आउने

होटल व्यवस्थापन विषय अध्ययनरत दुई दर्जन नेपाली विद्यार्थी इन्टर्नशीपको निम्ति फ्रान्स गएका छन् । उनीहरुले एक वर्षसम्म फ्रान्सका विभिन्न होटलमा इन्टर्नशीप गर्नेछन् । उताका छ जना विद्यार्थी भोलि काठमाडौं आइपुग्दैछन् । उनीहरुले पनि नेपालका विभिन्न होटलमा छ महिना इन्टर्नशीप गर्ने बताइएको छ ।

फ्रान्स गएका विद्यार्थीले मासिक आठ सयदेखि एक हजार युरो पारिश्रमिक पाउने छन् भने फ्रान्सका विद्यार्थीलाई नेपालको तर्फबाट खाने र बस्ने सुविधा उपलब्ध गराइनेछ । रविभवनस्थित राष्ट्रिय पर्यटन तथा होटल तालिम केन्द्र (नाथम) मा अध्ययनरत २१ औं ब्याचका २४ जना विद्यार्थीलाई पर्यटनमन्त्री सुदन किरातीले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाई गर्नुभएको हो । 

उक्त केन्द्रमा अध्ययनरत विद्यार्थीहरु अब जापान र अष्ट्रियामासमेत त्यस्तै इन्टर्नशीपको लागि जाने बाटो खुलेको बताइएको छ ।

टिप्पणीहरू