डा. सुरजराज महानगरको शहरी योजना आयोगको सदस्यमा नियुक्त
काठमाडौं महानगरपालिकाले शहरी योजना आयोगका सदस्यमा डा. सुरजराज काफ्लेलाई नियुक्त गरेको छ ।
मेयर बालेन्द्र शाह (बालेन) ले शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापन विषय क्षेत्रको प्रतिनिधित्वसहित महानगरको शहरी योजना आयोगको सदस्यमा डा.काफ्लेलाई नियुक्त गरेका हुन् ।
काठमाडौं महानगरपालिका शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ङ) बमोजिम आयोगका रिक्त सदस्य पदमा उपदफा (३) को खण्ड (ख) शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापन विषय क्षेत्रको प्रतिनिधित्वसहित शहरी योजना आयोगका सदस्यको रुपमा उनलाई नियुक्त गरिएको जनाइएको छ ।
टिप्पणीहरू