अमेरिकी राजदूतद्वारा पोखराको बखान
नेपालका लागि अमेरिकी राजदूतले पोखराको प्रशंसा गर्नुभएको छ । आज बिहान पोखरा पुगेपछि सो क्षेत्रको मनोरम दृश्य र आतिथ्यको उहाँले मुक्तकण्ठले तारिफ गर्नुभएको हो ।
राजदूत डिन आर थम्पसनले सामाजिक सञ्जालमा लेख्दै आज आफू पोखरामा रहेको जानकारी दिनुभएको छ । पोखरामा भएको भेटघाट र पहिलो पटक देखिएको प्राकृतिक दृश्यले आफूलाई रोमाञ्चित तुल्याएको उहाँको अनुभव छ ।

सबै पेशा र वर्गमा देखिएको अंग्रेजी भाषाप्रतिको क्रेजलाई पनि उहाँले उल्लेख गर्नुभएको छ । लेखिएको छ, ‘विशाल पर्यटकीय क्षेत्रबारे थप जान्न र हेर्न उत्सुक छु ।’
यसअघि अमेरिकी दूतावासले राजदूत थम्पसन मुलुकका विभिन्न प्रदेशको भ्रमण गर्ने क्रममा आज गण्डकीको पोखरा जानुभएको उल्लेख गरेको थियो । उहाँले सबैभन्दा पहिले कर्णाली र त्यसपछि कोशी प्रदेशको भ्रमण गरिसक्नुभएको बताइन्छ ।
टिप्पणीहरू