मंगलबजारमा तोप पड्केपछि सर्वसाधारणको भागदौड
आज साँझ ललितपुरको मंगलबजारमा तोप पड्काइएको छ । साढे ६ बजेको समयमा पड्काइएको तोपका कारण रातो मच्छिन्द्रनाथ रथयात्रा हेर्न पुगेका सर्वसाधारण भागाभाग गरेको बताइन्छ ।
यसअघि गाबहालमा अपरान्ह पौने ५ बजेको समयमा रथयात्रा शुरु गर्नुअघि पनि तोप पड्काइएको थियो । रथयात्राको चौथो दिन आज झण्डै तीन हजार दर्शनार्थीको भीड लागेको थियो ।
तोप पड्काएर शुरु भएको रथयात्रा मंगलबजारमा तोप पड्काएपछि आजको निम्ति रथ तान्ने क्रम रोकिएको हो ।
टिप्पणीहरू