लुम्बिनीका मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यक्रम धकेलियो

लुम्बिनीका मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यक्रम धकेलियो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भोलि लिने भनिएको विश्वासको मत एक दिन पछाडि धकेलिएको छ । अब पर्सि विश्वासका मत लिने तयारी गरिएको बताइएको छ ।

भोलि मे दिवसको सार्वजनिक बिदा भएकाले विश्वासको मत पर्सि लिन लागिएको प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले बताएका छन् । यसअघि सोमबार सार्वजनिक बिदाको हेक्का नराखिएकाले विश्वासको मतको मिति सार्वजनिक भएको थियो ।

अस्ति नियुक्त मुख्यमन्त्री चौधरी नेतृत्वको रहेका तीन जना मन्त्री सबै बिनाविभागीय हुन् । चौधरी नेपाली काँग्रेसका हुन् भने मन्त्रीहरु क्रमशः माओवादी केन्द्र, नागरिक उन्मुक्ति र जनता समाजवादीका एक एक जना छन् ।

टिप्पणीहरू