गृहमन्त्रीसँगै पुलिसका हाकिमहरु मधेसबाट फर्किए

गृहमन्त्रीसँगै पुलिसका हाकिमहरु मधेसबाट फर्किए

मधेस प्रदेशका विभिन्न कार्यक्रममा सहभागी भएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौँ फर्किनुभएको छ । 

महोत्तरी, सर्लाही, धनुषालगायत विभिन्न जिल्लाका कार्यक्रम सकेर उहाँ आज जनकपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ आइपुग्नुभएको हो । मन्त्रालयका सचिव र दुवै प्रहरी संगठनका प्रमुखसहितको टोली बुद्ध एयरको उडानमा साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको बताइएको छ ।    

टोलीमा गृह सचिव विनोदप्रकाश सिंह, सहसचिव जितेन्द्र बस्नेत, नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, सशस्त्रका आईजीपी राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा हुनुहुन्छ ।
  
त्यसैगरी पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेल पनि सँगै काठमाडौं फर्कनुभएको छ ।

टिप्पणीहरू