अमेरिकी राजदूत हेलिकोप्टरमा नाम्चे

अमेरिकी राजदूत हेलिकोप्टरमा नाम्चे

नेपालका लागि अमेरिकी राजदूत आज बिहान सबेरै सोलुखुम्बुको नाम्चे जानुभएको छ । उहाँ श्रीमतीसहित पाँच जनाको टोली लिएर बिहान पौने ७ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

सिम्रिक एअरको हेलिकोप्टरमा राजदूत डिन आर थम्पसन, जेन थम्पसन, माइकल डि चापल, केरी इ सेनेगोन र सुरेन्द्र पण्डित रहेको बताइएको छ ।

यसअघि राजदूत गत साता पोखराको भ्रमण गरेर काठमाडौं फर्कनुभएको हो । आज अन्तर्राष्ट्रिय श्रम दिवसको बिदामा राजदूत टोली नाम्चे गएको स्रोतको दाबी छ ।

टिप्पणीहरू