चीनसँग जोडिएको सबै नाका खुला
तीन वर्षभन्दा बढी समयदेखि बन्द चीनसँग जोडिएका सीमानाका आजदेखि खुला गरिएको छ । गत चैतमा चीनको तिब्बतमा भएको दुई मुलुकका सचिवस्तरीय भेटघाटमा आजदेखि सबै नाका खुला गर्ने सहमति भएको थियो ।
आजदेखि कोदारी, हुम्लाको यारी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला खुला भएको बताइएको छ । त्यसैगरी मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला भएको जनाइएको छ ।
तातोपानी नाका २०७२ को भूकम्पपछि र अन्य नाका २०७६ फागुनमा कोरोना महामारी देखिएपछि बन्द भएका हुन् । रसुवाको रसुवागढी नाका यसअघि नै खुला भइसकेको छ ।
टिप्पणीहरू