रवि लामिछानेको मागप्रति प्रधानमन्त्री सकारात्मक, भ्रष्टाचारका फाइल खोल्न तयार

रवि लामिछानेको मागप्रति प्रधानमन्त्री सकारात्मक, भ्रष्टाचारका फाइल खोल्न तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवनबाट नवनिर्वाचित सांसद रवि लामिछानेको मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ ।

हिजो गृहजिल्ला चितवन पुग्नुभएका प्रधानमन्त्रीले भ्रष्टाचारसँग जोडिएका फाइल खोल्न र कारबाहीको प्रक्रिया अघि बढाउन आफू तयार रहेको उल्लेख गर्नुभएको छ । आज बिहान भरतपुरमा आयोजित पत्रकार भेटघाटमा उहाँले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

रवि लामिछानेको पार्टीलाई सरकारमा सहभागी हुन आह्वान गर्दै उहाँले भन्नुभयो, ‘भ्रष्टाचारका फाइल खोल्न तयार छु ।’ रविले हिजो बिहान बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्रीसमक्ष राखेका विभिन्न मागमध्ये भ्रष्टाचारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउनुपर्ने एक हो ।

रवि र उनका नेताहरुले गृह मन्त्रालय पाउने अवस्थामा मात्रै सरकारमा सामेल हुने बताउँदै आएका छन् । गत माघ २३ मा गृह मन्त्रालय नपाएपछि रास्वपाले सरकार छाडेको थियो ।

टिप्पणीहरू