सबै श्रेणीहरू

रवि लामिछानेलाई नेता बनाउन रास्वपाको सिफारिस

रवि लामिछानेलाई नेता बनाउन रास्वपाको सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

 गत मंसिरको आमचुनावमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने त्यसपछि रास्वपा संसदीय दलको नेता छानिएका थिए । तर, सर्वोच्च अदालतले उनको नागरिकता अवैध ठहर गरेसँगै सांसद पदसँगै दलको नेता पनि गुमेको थियो । 
 
 १० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट पुन: सांसद जितेका लामिछानेलाई रास्वपाले दलको नेता बनाउन लागेको हो ।