यसरी मनाइयो अन्तर्राष्ट्रिय नृत्य दिवस (फोटो फिचर)

यसरी मनाइयो अन्तर्राष्ट्रिय नृत्य दिवस (फोटो फिचर) स्राेत : सिन्ह्वा ।

अन्तर्राष्ट्रिय नृत्य दिवस बंगलादेशमा धुमधामका साथ मनाइएको छ । अप्रिल २९ का दिन अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउने गरिन्छ ।अस्ति ढाकामा कलाकारहरुले निकै आकर्षक तरिकाले दिवस मनाएका हुन् ।

कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले दिवस मनाइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । यो दिवस भारतलगायत अन्य दक्षिण एसियाली मुलुकहरुमा पनि मनाइएको उल्लेख छ ।

ढाकामा मुख्य कार्यक्रम त्यहाँको शिल्पकला एकेडेमीको थिएटर हलमा आयोजना गरिएको थियो । नृत्य प्रस्तुती, सम्मेलन, छलफल र पुरस्कार वितरणसहित भव्य तवरले कार्यक्रम आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय नृत्य दिवस सन् १९८२ देखि इन्टरनेसनल थिएटर इन्ष्टिच्युटले डान्स कमिटीको पहलमा मनाउन थालिएको हो ।

टिप्पणीहरू