युद्धबाट थिलथिलो भूमिमा फूलको बहार (फोटो फिचर)
स्रोत : सिन्ह्वा ।
लेबनानको राजधानी बेरुतमा पुष्पमेलाको आयोजना गरिएको छ । वसन्त ऋतुमा आयोजित उक्त मेलामा स्थानीयको उत्साहजनक सहभागिता रहेको बताइएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार अस्तिदेखि शुरु भएको मेला आगामी आइतबारसम्म हुनेछ ।

दशकौंदेखि इजरायलसँग भिड्दै आएको लेबनानको आकाशमा लडाईंको कालो बादल सँधै मडारिने गरेको छ । तर पनि त्यहाँका नागरिक वसन्त ऋतुमा आयोजना गरिएको पुष्पमेलामा दंग देखिएका छन् ।


टिप्पणीहरू