सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित

सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेट प्रतोयोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आज सम्पन्न फाइनल खेलपछि लामिछानेलाई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो । प्रतियोगिताभर सन्दीपले ५ खेलमा १३ विकेट लिए भने ब्याटिङमा ४२ रन बनाए । 

कतारविरुद्धको खेलमा नेपाल कम्जोर अवस्थामा रहेका बेला सन्दीपले उत्कृष्ट इनिङ खेलेका थिए ।  सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिएका छन् ।

त्यस्तै, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर उनले रेकर्ड कायम गरेका छन् ।

टिप्पणीहरू