नेपालबाट गएका सवारी साधनलाई मितेरी पुलमै चिनियाँ पक्षद्वारा भव्य स्वागत

भिडियो स्रोत : सिन्ह्वा

हिजोदेखि छिमेकी राष्ट्र चीनसँग जोडिएका सीमानाका सबै सञ्चालनमा आएको छ । २०७२ सालको महाभूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको कोदारी नजिकैको मितेरी पुल नाका पनि हिजोदेखि पूर्ण रुपमा खुलेको छ । 

हिजो नेपालबाट चीनतर्फ निकासी भएको सामान बोकेका तीन वटा सवारी साधन मितेरी पुल हुँदै उता जाँदा चिनियाँ अधिकारीहरुले भव्य स्वागत गरेको बताइन्छ । १४ हजार ४४२ अमेरिकी डलर बराबरको सामान चीनतर्फ गएपछि अब कोदारीबाट पनि दोहोरो व्यापार शुरु भएको हो । 

चालु वर्ष सन् २०२३ को पहिलो तीन महिनामा चीनबाट १७ हजार टन सामान आयात गरिएको छ । त्यसको निम्ति २४ करोड ९० लाख चिनियाँ युआन खर्च भएको बताइएको छ । 

हिजोदेखि दुईपक्षीय व्यापार सुचारु भएपछि चीनको तिब्बत र सिगात्सेको आर्थिक तथा व्यापारिक विकासका साथै थप खुल्लापन कायम भएको त्यहाँका पार्टी उपप्रमुख पेङ यिहाओको भनाइ छ ।

 

टिप्पणीहरू