पत्रकार महासंघ प्रभातफेरीको तयारीमा

पत्रकार महासंघ प्रभातफेरीको तयारीमा

नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रम गरेर ‘प्रेस स्वतन्त्रता दिवस’ मनाउने भएको छ । भोलि मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो । 

महासंघको केन्द्रीय समितिको आयोजनामा भोलि बिहान प्रभातफेरी कार्यक्रम गर्न लागिएको हो । बिहान साढे ७ बजे काठमाडौंको सिनामंगल चोकदेखि महासंघको केन्द्रीय कार्यालय, सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रम गरिनेछ । 

त्यस्तै, बिहान ९ बजे महासंघको सभाहलमा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ सार्वजनिक गरिने जानकारी दिइएको छ । महासंघले सबै पत्रकारलाई दुबै कार्यक्रममा सहभागिताको निम्ति अनुरोध गरेको छ ।

 

टिप्पणीहरू