पूर्वमा हिमपात, पश्चिममा हिमपहिरो
बैशाख तेस्रो साताको वर्षासँगै ताप्लेजुङलगायत पूर्वका धेरैजसो उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । आइतबारदेखि परेको वर्षापछि हिमपात भएको बताइएको छ ।
ताप्लेजुङको घुन्सा, फले, ओलाङ्चुङगोला, याङ्मालगायत उच्च क्षेत्रमा हिउँ परेको हो । तेह्रथुम, संखुवासभा, सोलुखुम्बुको उच्च भागमा पनि हिमपात भएको छ ।
उता सुदूरपश्चिमको दार्चुलामा हिमपातपछिको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएकाहरु बेपत्ता भएका छन् । भोमिनको हिमपहिरोमा बेपत्ता भएकामध्ये पाँच जनाको परिचय खुलेको बताइएको छ ।
दार्चुलाको दुहु गाउँपालिका–४, पोक्सेका ३६ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर, डोटीको जोरायल गाउँपालिका–२, बुडरका ४५ वर्षीया नवती डोमा थापा, १५ वर्षीय क्षिमी सोमो थापा र २८ वर्षीया ईश्वरी थापा बेपत्ता भएका छन् । अन्य सात जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू