कर्मचारीहरु उभिएपछि सिंहदरबारको दक्षिण गेट ठप्प
सिंहदरबारभित्र कार्यरत कर्मचारीहरुले धर्ना दिएपछि दक्षिण गेटमा आवागमन ठप्प भएको छ । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै उनीहरुले सांकेतिक धर्ना दिएको बताएका छन् ।
तत्काल ऐन जारी नगरे आगामी आइतबारदेखि आन्दोलन चर्काउने चेतावनी दिइएको छ । ‘हाम्रो माग पूरा नगरे गेट होइन, आइतबारदेखि सिंहदरबारको काम ठप्प बनाउँछौं । त्यसपछि मुलुकभरका सरकारी कार्यालय पनि ठप्प हुनेछन्,’ आन्दोलनकारीहरुले भने ।
आज कर्मचारीहरु सिंहदरबारभित्र नछिरी सांकेतिक आन्दोलन गरेको बताइन्छ । आन्दोलन संयुक्त ट्रेड युनियनको आह्वानमा भएको हो ।
टिप्पणीहरू