रत्नपार्कमा धर्नामा बसेका मीटरब्याजी पीडितहरु बस चढेर घर लागे
मीटरब्याजी पीडितहरु धर्ना छाडेर बस चढेका छन् । राजधानीको रत्नपार्कमा धर्ना दिँदै आएका उनीहरु आज दिउँसो घरतर्फ लागेको बताइएको छ ।
रत्नपार्कमा धर्ना जमाएका पीडितहरुले दिउँसो पौने ४ बजेदेखि धर्नास्थल छाडेका हुन् । झण्डै डेढ दर्जनको संख्यामा रहेका उनीहरु आफ्ना सामान पोको पारेर बा.४ ख ३२५३ नम्बरको बस चढेर गएका हुन् ।
सरकारले मीटरब्याजी पीडितहरुको माग र समस्या समाधान गर्न हिजो अध्यादेश जारी गरेपछि उनीहरुले आज राजधानी छाड्ने निर्णय गरेको बताइन्छ । पीडितहरु अधिकांश काठमाडौं बाहिरका हुन् ।
टिप्पणीहरू