आईसीटीयुको अध्यक्षमा विष्णु लम्साल

आईसीटीयुको अध्यक्षमा विष्णु लम्साल

एकीकृत ट्रेड युनियन महासंघ (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको महाधिवेशनले विष्णु लम्सालको अध्यक्षतामा ६५ सदस्य राष्ट्रिय कमिटी निर्विरोध चयन गरेको जानकारी दिइएको छ । 

महाधिवेशनमा स्वदेशी तथा विदेशी अतिथि, श्रमिक, विभिन्न संघ संगठनका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता थियो ।

महासंघका महासचिव दिपक पौडेलले महाधिवेशनलाई सफल बनाउन सबैले गरिदिनु भएको सहयोग र सद्भावप्रति महासंघ आभार रहेको बताएका छन् ।
 

टिप्पणीहरू