"चीनको डुङ्गा फेवातालमा"

"चीनको डुङ्गा फेवातालमा"

पोखरामा पहिलोपटक ‘ड्रयागन बोट रेस फेस्टिबल’ आयोजना गर्न लागिएको छ । पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा उक्त महोत्सव हुन लागेको बताइएको छ । 

महोत्सव आगामी असार ८ गतेदेखि दुई दिनसम्म हुनेछ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ शिनले आ–आफ्नो संस्थाको तर्फबाट महोत्सव आयोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

त्यस्तै, पोखरा पर्यटन परिषद् र नेपाल–चाइना ओभरसिज एसोसिएसन महोत्सवको सहआयोजक रहेको बताइएको छ । 

प्रतियोगितामा चीनबाट ल्याइएका विशेष डिजाइनका ‘ड्रागन थिम’ सम्बन्धी आठ वटा डुङ्गालाई सहभागी गराइने छ । 

नेपालका सातै प्रदेशका प्रतियोगिहरुले भाग लिने र पोखरामा हुन लागेको उक्त महोत्सव दक्षिण एसियामै पहिलोपटक आयोजना गर्न लागिएको हो । चिनियाँ दूतावासले भनेको छ, ‘चिनियाँ पर्यटकको रोजाइको गन्तव्य पोखरा ड्रागन बोट रेस फेस्टिबल आयोजना गर्ने दक्षिण एसियाकै पहिलो सहर हुनेछ ।’

https://m.yangshipin.cn/video?type=0&vid=u000017tfvn&cid=18ozykg3rjsgsr5

टिप्पणीहरू